Saturday, September 25, 2010

बालबोध अब १० जोड २ को बाटोमा


मकवानपुर जिल्लाकै पुरानो विद्यालय बालबोध माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६० औं वार्षिकोत्सवसँगै दश जोड दुई सञ्चालनको तयारी शुरु गरेको छ । हटिया ३ मा रहेको विद्यालयमा आज सम्पन्न भेलाले दश जोड दुईको सञ्चालनलाई समेत लक्षित गरी हीरक जयन्ती मूल समारोह समिति गठन गरेको छ । भोलाप्रसाद रुपाखेतीको अध्यक्षतामा गठित मूल समारोह समिति १ सय १ सदस्यीय रहेको छ । कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ । जसअन्तर्गत सुनिल बानियाको संयोजकत्वमा आर्थिक संकलन उपसमितिमा, व्यवस्थापन समिति पूर्व अध्यक्ष बद्री कुँवरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति, रमेश रानाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति तथा विष्णुप्रसाद ढुंगानाको संयोजकत्वमा पुरस्कार तथा सम्मान उपसमिति चयन गरिएको छ । यस्तै विद्यालयका पूर्व प्रधानाध्यापन गोकर्णराज महतलाई स्मारिक प्रकाशन उपसमितिको संयोजक चयन गरिएको छ भने प्रचारप्रसार उपसमितिको संयोजकमा छवि अनित्यलाई चयन गरिएको छ । २००८ सालमा स्थापित विद्यालयले आगामी माघ २३ गते आफ्नो ६० औं वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा देश—विदेशमा रहेका विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई समेटिने मूल समारोह समितिका संयोजक रुपाखेतीले बताउनुभयो ।

No comments:

Post a Comment