Monday, January 31, 2011

बालबोधको सप्ताहव्यापी हीरक जयन्ती शुरु दश जोड दुई कक्षा सञ्चालनका लागि सहयोग गर्न अपील

१७ माघ २०६७
हीरक जयन्ती मनाउन लागेको बालबोध माध्यमिक विद्यालय हटियाको सप्ताहव्यापी कार्यक्रम सोमबारबाट शुरु भएको छ । कार्यक्रमको पहिलो दिन विद्यालयले प्रचारात्मक ¥याली सम्पन्न गरेको छ ।
हर्नामाडि गाविसको दोभानचौरबाट पञ्चेबाजा सहित शुरु भएको ¥याली हर्नामाडि र हटिया गाविसका विभिन्न भागको परिक्रमा पछि हटिया ३, भुलभुलेस्थित विद्यालयमा पुगेर टृङ्गिएको थियो । विद्यालयका पूर्व प्रधानाध्यापक गोकर्णराज महत र विद्यालय संस्थापक बखतबहादुर बानियाका छोरा लिलाबहादुर बानियाले ¥यालीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ६ दशक अघि विद्यालय स्थापना भएकै स्थानबाट प्रचारात्मक ¥याली शुरु गरिएको हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष भोला रुपाखेतीले बताउनुभयो ।
जिल्लाकै दोश्रो पूरानो विद्यालय वि. सं. २००८ सालमा बालबोध मिडिल स्कुलको नाममा स्थापना भएको थियो । माघ २३ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्रोतकेन्द्र स्तरीय शिक्षक फुटबल प्रतियोगिता, हाजिरिजवाफ, विद्यालय खेलकुद, चित्रकला, आमा समूहबीच घ्याम्पो फुटाउने प्रतियोगिता, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम एवं सम्मान पत्र वितरणको कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक उत्तम अर्यालले जानकारी दिनुभयो ।
यसैबीच, विद्यालयले दश जोड दुई कक्षा सञ्चालनका लागि सहयोग गर्न विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा दाताहरुसमक्ष अपील समेत गरेको छ । बदलिँदो समयानुकुल स्थानीय स्तरमै उच्च शिक्षा दिनु अती आवश्यक भएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर पाख्रिनले यथासक्य सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।